Skip This
Skip This

दयाहाङ राईकी आमा हुँदा...

सजिलो अप्ठ्यारो

२०७६ असार २७ शुक्रबार ०८:२२:००

अरुणा कार्की

धेरै फिल्ममा म अभिभावकको भूमिकामा देखिएकी छु । ‘कबड्डी कबड्डी’मा मैले दयाहाङ दाइकी माइजूको भूमिका निभाएँ । फेरि ‘मिस्टर झोले’मा दयाहाङ दाइकै आमाको भूमिकामा देखिएँ ।  दयाहाङ दाइ मेरो अभिभावकझैँ लाग्छ । तर, फिल्ममा म उहाँको अभिभावकको भूमिकामा देखिएँ । यो भूमिकाले जन्माएको सम्बन्ध हो । त्यसैले कहिल्यै अप्ठ्यारो लागेन ।
अप्ठ्यारो नहुनुको पहिलो कारण मैले ०५९ सालतिर १९ वर्षको उमेरदेखि नै आमाको भूमिका गर्दै आएँ ।

रेडियो नाटकहरूमा मलाई आमा, भाउजू, फुपूजस्ता पात्रको भूमिका दिन्थे । मेरो स्वरले पनि साथ दियो । पछि गुरुकुल पुगेँ । त्यहाँ मञ्चन भएका नाटकमा पनि मैले दिदी, आमा, भाउजू, माइजूकै भूमिका निभाएँ । त्यसैले आमा बन्न मलाई सहज लाग्छ । दया दाइ छोरो र म आमा भएर भूमिका निर्वाह गर्न सक्नु थिएटरको सहयोग पनि हो । हामी दुवै रंगमञ्चबाट आएका हौँ । जस्तो भूमिका निर्वाह गरे पनि पात्रलाई न्याय गर्नुपर्छ भन्ने स्कुलिङ भयो ।

मैले ०५९ सालतिर १९ वर्षको उमेरदेखि नै आमाको भूमिका गरेँ । रेडियो नाटकहरूमा मलाई आमा, भाउजू, फुपूजस्ता पात्रको भूमिका दिन्थे । मेरो स्वरले पनि साथ दियो । पछि गुरुकुल पुगेँ । त्यहाँ मञ्चन भएका नाटकमा पनि मैले त्यस्तै भूमिका गरेँ ।
 

मैले आमाको चरित्रमा अभिनय गरिरहँदा गम्भीर हुन्छु । जब ‘कट’ हुन्छ, हाँस्न थाल्छु । ‘यस्ती तरुनीले कस्तो आमा हुन सकेको’ भनेर कतिले जिस्काए पनि । मैले त्यसलाई सहजै स्विकारेँ । अनि मेरो भागमा भूमिका पनि त्यस्तै पर्छ । त्यस्तै प्रस्ताव आउँछ । म नकार्दिनँ । चरित्रप्रधान भूमिकामा स्थापित हुन सक्नु ठूलो कुरा हो ।

दया दाइकी आमा भएको सुहाएन भन्ने कोही छैनन् । कतिले नखेल्नू भने । तर, भूमिकालाई न्याय गर्न सक्ने आत्मविश्वासले खेलेकी हुँ । दर्शकले रुचाइदिनुभएकै छ । फेरि दया दाइसँग काम गर्न सजिलो छ । उहाँ आफ्नो भूमिकालाई साह्रै गम्भीर भएर निर्वाह गर्नुहुन्छ । काम सिक्न पनि पाइन्छ । उहाँले चरित्रमा डुब्न पनि सहयोग पु¥याउनुहुन्छ । अब हिरोसँग रोमान्स गीत गाउँदै नाच्ने रहर पनि छैन । म जे गरिरहेकी छु, त्यही भूमिकालाई न्याय गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । 

 

 

 


 

सम्बन्धित समाचार