Skip This
‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १६ शुक्रबार १६:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार १६:१५:oo

नवीन सुब्बा निर्देशित बहुप्रतीक्षित चलचित्र ‘गाउँ आएको बाटो’ १४औँ  बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। जेठ १८ गतेदेखि नेपाली सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्र १९ देखि २२ अप्रिलसम्म आयोजना हुने फेस्टिभलमा छनोट भएको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय फिल्म महोत्सवका मञ्चहरूमा एकपछि अर्को नेपाली फिल्म छनोट हुने क्रममा बेइजिङ फिल्म फेस्टिभलमा छानिएको यो पहिलो नेपाली चलचित्र हो। विश्वका प्रतिष्ठित चलचित्रकर्मीको जमघट हुने फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि उपलब्धि रहेको निर्माता अमोदले बताए।

टोरन्टो, बुसान र मुम्बईजस्ता प्रतिष्ठित फेस्टिभलहरूमा यो चलचित्र प्रदर्शन भइसकेको छ। सामुदायिक लगानीको अवधारणामा बनेको ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राईलगायतको अभिनय छ। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गर्छ।

‘नुमाफुङ’ चलचित्र बनाएर प्रशंसा बटुलेका निर्देशक सुब्बाको ‘गाउँ आएको बाटो’ तेस्रो फिचर चलचित्र हो। उनको दोस्रो चलचित्र ‘गुडबाई काठमाण्डू’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन।