१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असार २३ सोमबार ११:१५:००
Read Time : > 1 मिनेट
समाचार

आजबाट प्रदेश १ मा पेट्रोलियम पदार्थ सहज हुन्छ : निगम

Read Time : > 1 मिनेट
२०७६ असार २३ सोमबार ११:१५:००

प्रदेश नम्बर १ मा केही दिनदेखि  देखिएको पेट्रोलियम पदार्थको अभाव सोमबारदेखिसहज नेपाल आयल निगमले जनाएको छ । इन्धन ढुवानीको गर्ने ठेकेदारहरूले इन्धन ढुवानी नगर्दा बजारमा अभाव देखिएको हो । भारततर्फ केही दिनदेखि जाममा फसेका १ सय ५५ ओटा इन्धन लोड भएका ट्यांकरहरू आइतबार बिहान २ बजे विराटनगर स्थित निगमको प्रदेश १ कार्यालयमा आइपुगेकोले सोमबकारदेखि आपूर्ति सहज हुने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । केही दिनदेखि नै पेट्रोलिय पदार्थ व्यावसायीले पेट्रोलियम पदार्थ अभाव भएको भन्दै पम्प नै बन्द गरिरहेका छन् । पेट्रोल आभव भएपछि पम्पहरू बन्द गर्नुपरेको खड्का आयल सेन्टर बेलबारीका प्रबन्धक बाबुराम खड्काले बताए । 

ढुवानी व्यवसायीहरूले भारतको जोगवनी बजार क्षेत्रको सडकमा ठूलाठूला खाल्डा परेका कारण ढुवानीमा समस्या भएको र धेरै दिनसम्म जाममा बस्नुपरेको भन्दै गत बिहीबारदेखि  आन्तरिक ढुवानीसमेत बन्द गरेका थिए । शुक्रबार उनीहरूले इन्धन बोक्न इन्कार गरेका थिए भने शनिबार कार्यालय बन्द हुँदा इन्धन वितरण हुन सकेन । आइतबारदेखि भने बजारमा पेट्रोलियम पदार्थ पूर्ण रूपमा ठप्प छ । आन्तरिक ढुवानीसमेत बन्द भएपछि सबै साधारणले पेट्रोल पाउन सकेका छैनन् भने यातायात व्यावसायीले पनि पेट्रोल नपाएको जनाएका छन् ।

जोगबनीदेखि बथनाहसम्मको बाटो धेरै जीर्ण भएको र गाडी पल्टिने जोखिम पनि बढेको चालकहरूले बताएका छन् । उनीहरूले निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को बाटो भएर इन्धन ल्याउने वातावरण बनाउन केही समयदेखि माग गर्दै आएका थिए । नेपालबाट खाली ट्यांकर आइसिपीको बाटो भएर जान भारत सरकारले अनुमति दिएको भए पनि पेट्रोल बोकेका गाडीलाई सोही बाटो भएर नेपाल फर्कन भारत पक्षले नदिने गरेको छ । भन्सार जाँच चौकी सञ्चालनमा नआएका कारण त्यो बाटो प्रयोग गर्न सक्ने अवस्था छैन ।   

शनिबार राति २ बजेको समयमा आइसिपीको बाटो प्रयोग गरेर इन्धन लोड भएका सबै ट्यांकर ल्याएको नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ । भारततर्फ अड्किएका पेट्रोलका ४० र डिजेलका १ सय १८ ट्यांकर आइसिपी तर्फबाट ल्यायएको थियो । निगमको विराटनगर स्थित प्रादेशिक कार्यालयबाट दैनिक ७ सय किलोलिटर डिजेल र करिब ४ सय किलोलिटर पेट्रोल आन्तरिक प्रयोगका लागि आपूर्ति हुने गरेको छ । भारतबाट डेढसय ट्यांकर आएपछि भने ढुवानी व्यवसायीले आन्तरिक बजारमा आपूर्तिका लागि पेट्रोल उठाउन थालेका छन् ।