१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २२ आइतबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार

तेश्रो मुलुकबाट भित्रने तरकारी तथा फलफुलमा विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २२ आइतबार १२:३०:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुलमा विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् । उनले भनिन् 'यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू ? आफै निर्णय गर्ने अनि आफै फेरी कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरी आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?'

उनले विषादीयुक्त तरकारी तथा फलफुल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् । 

गत २ असारमा राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ ।