मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २५ आइतबार १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारदेखि आचारसंहिता लागू हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १८:३o:oo

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारदेखि आचारसंहिता लागू हुने भएको छ। माघ १२ गते हुने निर्वाचनका लागि भोलिबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै आयोगले पालना नभए कारबाहीको चेतावनीसमेत दिएको छ। आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गर्न गराउन सरोकारवालाहरूलाई निर्देशनसमेत दिएको छ।

आयोगले आचारसंहिता तीनै तहका सरकार, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल र भ्रातृ संगठन, उम्मेदवार, सञ्चारमाध्यम, सार्वजनिक पदमा रहेका व्यक्ति, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा लागू हुने जनाएको छ। आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरेको छ। आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै चिह्न प्रदान गरेको हो। राष्ट्रिय सभाका १९ रिक्त स्थानमा आगामी माघ १२ गते निर्वाचन हुँदै छ।