१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

असार मसान्तमा विकास बजेट खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्छ : सांसद देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:२७:oo

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्त आएपछि सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएकी छिन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरू खर्च गर्न थालिएको बताइन्।

वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने वेलामा मात्रै खर्च गर्ने परिपाटीले दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएकी छिन्। काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको सुरुमै काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्न सके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने उनले बताइन्।

‘सडक डिभिजन कार्यालयले क्य्राक सिल बनाउने बहानामा गोलमटोल रूपमा अहिले असारे बजेटहरू खर्च गरिरहेको अवस्थामा छ। चालू वर्षको १२ दिन बाँकी रहँदा विकासे अड्डाहरूमा खर्च गर्ने चटारो बढेर आएको छ। चालू आर्थिक वर्ष पुँजीगत तीन खर्ब ७८ अर्ब बजेट विनियोजन भएकोमा गएको हप्तामा मात्रै आठ अर्ब १६ करोड बजेट खर्च भएको छ। बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन । विकास दिगो हुन सक्दैन,’ उनले भनिन्।

ad
ad