Skip This
भैँसेपाटीमा निर्माणाधीन भिआइपी आवास छिटो सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज १३ बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भैँसेपाटीमा निर्माणाधीन भिआइपी आवास छिटो सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १७:५५:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन्। 

बिहीबार भैँसेपाटी पुगेर निर्माणाधीन भवनहरूको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख तथा मन्त्रीनिवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका हुन्।  

उनले निर्माण कार्य निकै ढिलो भएको भन्दै २४ घण्टा नै निर्माण कार्यलाई जारी राख्नुपर्ने बताए। उनले रात दिन काम नगरीकन समयमा निर्माण कार्य नसकिने भएकाले निर्माण कार्यमा संलग्न श्रमिकहरूको सिफ्ट मिलाएर रात दिन नै काम गराउन निर्देशन दिए।

‘कतिपय कुराहरू राति पनि गर्न सकिने हुन्छ। जब हामी ढिलोमा छौँ भने राति पनि गराउने। वर्किङ आवर अब २४ घण्टा नै बनाउनुपर्छ। एउटै श्रमिकले २४ घण्टा गर्ने होइन। तर, मिलाएर काम गर्न थाल्यौँ भने यहाँ गर्ने काम हामीले रात, दिन गर्ने गरीकन पनि समयमा सक्ने त्योबाहेक अर्को विकल्प हुँदैन।’ 

निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै उनले भविष्यमा कुनै आयोजनाहरू गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोहीअनुसारको प्रावधान राख्नुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले भैँसेपाटीको सडक जीर्ण अवस्थामा रहेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले सडकको बिग्रँदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे।

अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरूलाई पनि काममा नयाँनयाँ सोच र योजना ल्याउन आग्रह गरे। उनले आफू मन्त्री भएको भए स्पष्ट योजना र दृष्टिकोण भएको मान्छेलाई सम्बन्धित विभागको महानिर्देशक नियुक्त गर्ने बताए।  सम्बन्धित जिम्मेवार मान्छेलाई कडाइ नगरेसम्म काम हुन नसक्ने उनको भनाइ छ।