१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २१ शनिबार १९:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीले सोधे : विषादी परीक्षण रोक्न भारतबाट पत्र आयो, कसलाई आयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २१ शनिबार १९:१३:००

प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताएका छन् । संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दवावका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको स्पष्ट पारे । 

‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारी बिना यस्तो भयो । त्यस कारण अलिकति समस्या प¥यो । हाललाई यसलाई छोड्नु प-यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प-यो, क्वारेन्टाइन विकास गर्नुप-यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग-यौं हालका निम्ति ।’

प्रधानमन्त्री ओलीले सीमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताएका छन् । ‘त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं । त्यतापट्टि सरकारको ध्यान छ,’ उनले भने, ‘त्यो सरकारको ध्यान छ भन्ने कुरा यसमा प्रकट भयो । तर ध्यान अलिकति एक स्टेप फरवार्ड भएछ । अलि बढी छिटो भयो ।’

प्रधानमन्त्री ओलीले सरकारले जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताएका छन् ।