१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २७ सोमबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माणका लागि भारतद्वारा दोस्रो किस्ताको एक अरव ६० करोड हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २७ सोमबार १३:४४:००

भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोड उपलब्ध गराएको छ । 

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक हस्तान्तरण गर्नु भएको हो ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरव ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले बताए । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

नेपालका लागि भारतका राजदुत सिंहले भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास र निर्माणको काममा भारत सरकारको सधैं साथ रहने उल्लेख गरे । 

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।