जुम्लाको सिँजा गाउँपालिका– ६ मा रहेको दुर्गम जोडुगाउँमा भूकम्प प्रतिरोधी विद्यालय बनेको छ। नमनिर्मित यस आकर्षक विद्यालयको सुन्दरताले यहाँका स्थानीय र विद्यार्थी नै दंग परेका छन्।
अपांगमैत्री भौतिक संरचना सहितको यस विद्यालयमा जम्मा चारवटा कोठा रहेका छन्। यसैगरी, शौचालय र बालमैत्री खानेपानीका धारासमेत निर्माण गरिएको छ। राज्यको विकास साझेदार संस्था प्लान नेपाल र पेस नेपाल जुम्लाले सञ्चालन गरेको आधार परियोजनाअन्तर्गत विद्यालयको भौतिक संरचना निर्माण सम्पन्न भएको हो।
गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुईकोठे भवन निर्माण भएको थियो। अहिले प्लान नेपाल र पेस नेपालको सहयोगमा चारकोठे भवन, तीनकोठे शौचालय र खानेपानी, हात धुने धारा निर्माण गरिएको हो।