
नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै छ । कम्पनीले न्यु इयर, न्यु अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ । एक सातासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको कम्पनीको दाबी छ ।
यससँगै ग्राहकले अब तोकिएको नामी गाडीको बुकिङका लागि केवल ५.९९ लाखदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् । यो अफरमा बुकिङ भएको मितिदेखि दुई कार्यदिनभित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै एक लाखसम्मको फाइदा समावेश हुनेछन् ।
खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ । साथै, टेस्ट ड्राइभ लिने सबै सहभागीलाई निःशुल्क उपहार प्रदान गरिनेछ ।