मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
२o८१ चैत २५ सोमबार o९:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला लिजेन्ड सिरिज आजदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o९:१७:oo

पूर्वमहिला क्रिकेट खेलाडीबिच सोमबारदेखि भैरहवामा महिला लेजेन्ड सिरिज हुँदै छ । सिद्धार्थ रंगशालामा मंगलबारसम्म चल्ने लिजेन्ड सिरिजमा सन् २००७ र २००९ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका महिला क्रिकेटरले भाग लिने संयोजक नितु थापाले बताइन् । ‘१७ वर्षपछि नेपालमै पहिलोपटक भैरहवामा सबै खेलाडी एउटै मैदानमा जम्मा हुन लागेका छन्,’ थापाले भनिन् । 

सन् २००७ को राष्ट्रिय टोलीमा सहभागी नेरी थापामगर, नितु थापा, निरा राजोपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, विनु बुढामगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिंह, ममता थापा, ज्योति कुँवरहरूको एउटा टोली बनाइएको छ ।

सन् २००९ को राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, निमा महर्जन, करुणा भण्डारीको अर्को टोली रहेको छ । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले महिला लिजेन्ड सिरिजले नेपाली क्रिकेट इतिहासमा नयाँ आयाम थप्ने बताए ।