१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २७ बुधबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइपियूको स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट सोबिता गौतम निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १८:५२:oo

सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन्।

आइपियू महासभाको २१४औँ अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो।

नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आइपियू शासकीय परिषद्ले १५ सदस्यलाई चारवर्षे कार्यकालका लागि निर्वाचित गरेको हो, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।