दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

आइतबार, ६ मंसिर, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

सो क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भयो। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने भ्रमणमा भारत गएका हुन्।

null

सुझावित समाचार