‘विगतको त्रुटि सच्याउँदैफेरि कम्युनिस्ट एकता गर्नुपर्छ’

आइतबार, ६ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतको त्रुटि सच्याउँदै फेरि कम्युनिस्ट एकता गर्नुपर्ने बताएका छन् । नेकपा भक्तपुर जिल्ला कमिटीले शनिबार आयोजना गररेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको असफलताबाट पाठ सिकेर फेरि एकताको झन्डा उठाउनुपर्नेमा जोड दिए ।

‘अब फेरि समय आएको छ । अहिले प्रतिक्रान्तिले टाउको उठाउँदै छ, राष्ट्र गहिरो संकटतिर धकेलिँदै छ, कम्युनिस्ट आन्दोलनलाई रक्षात्मक बनाउँदै धराशायी बनाउने षड्यन्त्र साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले गरिराखेका छन् । कतै न कतै फेरि अर्को दुर्घटनातिर देशलाई लैजाने षड्यन्त्रको गन्ध तपाईँ–हामीले पाइराखेका छौँ । त्यसकारण हामीले अब शान्तिसम्झौताको मर्म र भावनाअनुसार, संविधानसभाबाट निर्मित संविधानको मर्म र भावना अनुसार शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने कुरा र देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रातिर डोहोर्याउने कुराको संकल्प लिनुछ ।’

आगामी स्थानीय निर्वाचनमा विचार र मुद्दा मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीति लिएको उनले जानकारी दिए । एमाले र मसालसँग कार्यगत एकताका लागि सहमति भइसकेको उनले बताए । 

‘एमाले र मसालसँग हामीले कार्यगत एकता गर्ने भनेर सहमति गरी नै सकेका छौँ । तर, यसपटक हामी माथिबाट टिको लगाएरभन्दा तल तपाईंहरू पालिकाले नै निर्णय गर्नुस्,’ प्रचण्डले भने । 

सुझावित समाचार