
सानिमा बैंकले ग्राहकलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एन्ड डायग्नोस्टिक प्रालिसँग सहकार्य गरेको छ । बैंकका भिसा डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तो छुट चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको एपोलो अस्पतालमा प्राप्त गर्न सक्नेछन् । साथै, चेन्नईस्थित एपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको एपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ एपोलो अस्पताल र चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा समेत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकले छुटका लागि अस्पताल जानुअघि बैंक वा एच मेडिकल एन्ड डायग्नोस्टिक प्रालिलाई जानकारी गराउनुपर्नेछ । बैंकले सातै प्रदेशका एक सय ३४ शाखा कार्यालय तथा एक सय २६ एटिएममार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।