मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २५ सोमबार o९:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o९:२९:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर–२०२५’ अवार्ड दिइएको छ । सत्रौँ कर्पोरेट बिजनेस अवार्डमा कम्पनीलाई लाइफ इन्स्योरेन्स विधामा उक्त अवार्ड दिइएको हो । अन्य मनोनीत कम्पनीमध्येबाट नेपाल लाइफले यो अवार्ड जितेको हो । उक्त अवार्ड कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले ग्रहण गरेका छन् । 

अवार्ड नेपाली बिमा कम्पनीहरूको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी, प्रथम बिमा शुल्क आर्जनलगायत मापदण्डलाई मूल्यांकन गरिएको थियो । 

सोही सिलसिलामा कम्पनीको कार्यकुशलता, प्रभावकारिता एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहका आधारमा सर्वोत्कृष्ट रहेको ठहर गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरे ।