मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २५ सोमबार o९:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजीको नयाँ वर्ष विशेष योजनामा ४० प्रतिशतसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o९:५६:oo

एलजी नेपालले नयाँ वर्षलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको छ । ‘४० वर्षदेखि घर–घरमा एली’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा ग्राहकले ४० प्रतिशतसम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरीजस्ता आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । एलजीका उच्चस्तरीय तथा स्मार्ट उत्पादन टिभी, फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनरलगायतका उपकरणहरूमा यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

एलजी थिनक्यु टेक्नोलोजीद्वारा सञ्चालित स्मार्ट उपकरणमार्फत कम्पनीले नेपाली उपभोक्ताको जीवनशैलीलाई अझ सहज र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ । सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ तथा कम्युकेसन हेड गौरव हमालले भने, ‘चार दशकसम्म हामीमाथि भरोसा गर्ने सबैप्रति कृतज्ञता प्रकट गर्न नयाँ वर्षको अवसर पारेर योजना ल्याएका हौँ । हामी भविष्यमा पनि नवीन प्रविधि र भरपर्दो सेवामार्फत सम्बन्धलाई अझ मजबुत बनाउनेछौँ ।’

योजना एलजी सोरुम, आधिकारिक डिलर र सिजी डिजिटलका सम्पूर्ण शाखा २१ चैेतदेखि सीमित अवधिका लागि लागू हुनेछ । चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनको आधिकारिक बिक्री–वितरण तथा ग्राहक सेवा प्रदान गर्छ ।