
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।
बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।
तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।