मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटाको महालक्ष्मीमा आगलागीबाट एक घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १५:oo:oo

धनकुटाको महालक्ष्मी नगरपालिका– २ मूलखर्कमा विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ। आज मंगलबार बिहान स्थानीय नन्दकुमार थापाको घरमा आगलागी भएको हो। थापाको ढुंगामाटोले बनेको दुईतले घर आगलागीबाट जलेर नष्ट भएको छ।

बिहान करिब ८ बजेबाट सुरु भएको आगलागी एक घण्टापछि स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडालगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब एक लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

यसैबिच, धनकुटाका विभिन्न आधा दर्जन सामुदायिक तथा निजी वनमा डढेलो लागेको छ। धनकुटा नगरपालिका ३ र ४ को सेउलेस्थित वाग्ले सामुदायिक वनमा सोमबार साँझदेखि लागेको डढेलोका कारण जोखिम बढेको छ। वनको अधिकांश क्षेत्रमा डढेलोले क्षति पुर्‍याएको वाग्ले सामुदायिक वनका उपाध्यक्ष धनबहादुर खड्काले बताए।

यता धनकुटा नगरपालिका– ८ टेकुनाला, वडा नं. १ हिलेस्थित खरायो टिस्टेटमा पनि डढेलो लागेको छ। महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिकालगायतका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ। डढेलो स्थानीयवासी, प्रहरीको सक्रियातामा नियन्त्रणमा लिइएको छ। डढेलोको कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।