
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने तय भएको छ। यसअघि ५ बजे बैठक बस्ने तय भएकोमा एक घन्टा सरेको हो।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ। स्रोतका अनुसार सत्तासाझेदार दल नेपाली कांग्रेसले आजकै मन्त्रिपरिषद्बाट गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएको छ। प्रधानमन्त्री ओली मंगलबार थाइल्याण्ड भ्रमणमा निस्कने भएकाले त्यसअघि नै नयाँ गर्भनरको टुंगो लगाउन लागिएको हो। गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल २४ चैतदेखि सकिन लागेकाले नयाँ गभर्नर नियुक्ति हुन लागेको हो।