मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १७ आइतबार १२:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले विद्यार्थीलाई दियो वित्तीय शिक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १२:११:oo

 सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको छ । बैंकले ग्लोबल मनी विक २०२५ को अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनी विक २०२५’को अवसर पारेर साक्षरताका विभिन्न कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकले कुल ३८ कार्यक्रममार्फत एक हजार ६ सय ६० विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको थियो । 

बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । उक्त अवसरमा बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइएको थियो । सो कार्यक्रममा एक हजार दुई सय १२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।