मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १९ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरार रहेकी राप्रपा सांसद गीता बस्नेतको बिदा प्रतिनिधिसभाबाट अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १४:o६:oo

सहकारी ठगीमा फरार राप्रपा सांसद गीता बस्नेतकाे स्वास्थ्य उपचारमा रहेकाे भन्दै प्रतिनिधिसभाले बिदा स्वीकृत गरेकाे छ । चालू पाँचौँ अधिवेशनमा बस्नेत २७ दिन अनुपस्थित थिइन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारीपछि सम्पर्कविहीन रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतको बिदा प्रतिनिधिसभाले अनुमोदन गरेको छ। सभामुख देवराज घिमिरेले बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनी त्यसअघिदेखि नै प्रतिनिधिसभा बैठकमा अनुपस्थित छिन्।

वैशाख १८ गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छिन्। बस्नेत माघ १८ गतेदेखि चैत १९ गतेसम्म प्रतिनिधिसभाका २७ वटा बैठकमा अनुपस्थित रहेकी थिइन्। उनी स्वास्थ्य उपचारमा रहेको भन्दै बिदामा रहेकी छिन्।