मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
२o८१ चैत १६ शनिबार o५:५५:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चैत १६ देखि २२ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o५:५५:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको चैत १६ गते शनिबारदेखि २२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काम गरेर अरूलाई प्रभावित पार्ने समय छ । नयाँ काम थालनी होला । प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । विद्यामा पनि प्रगति हुनेछ, कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यावहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धिमूलक यात्रा हुने योग छ । मनपर्ने व्यक्तित्वसँग सहकार्यको वातावरण बन्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : राजनीति तथा नोकरीमा सोचेअनुसार लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । नयाँ पारिवारिक सम्बन्ध अगाडि बढ्नेछ । खेलकुदका क्षेत्रबाट सोचेअनुसार सफलता मिल्नेछ । बिहीबार एवं शुक्रबार भने इष्टदेवको पूजा–उपासना गरी अगाडि बड्दा फइदा हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : चोटपटक लाग्ने सम्भावना छ । कामको दायित्व बढ्नेछ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिने सम्भावना देखिन्छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग बनेको छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । परिवारजन तथा आफन्तको सहयोग मिल्नेछ । कर्म गरेबापत राम्रै सफलता मिल्नुका साथै सहयोगीहरूको साथ पूर्ण रूपमा मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : सामाजिक कार्यमा जुट्नुपर्ने योग छ । आम्दानीमा कमी आउनेछैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । अभिभावकवर्ग, गुरुजन र ठुलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । घरमा नयाँ सदस्यको आगमनले मनमा उत्साह थपिनेछ । पारिवारिक भेटघाटमा समय बित्नेछ । नयाँ योजना सफल हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : हात लागिसकेको काम फुत्कने सम्भावना छ । पठनपाठनमा राम्रो प्रगति हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । मंगलबारदेखि भने प्रयत्नले महत्वपूर्ण काम बन्नेछन् । धन आर्जन हुने योग रहेकाले लगानी गर्दा फाइदा पुग्नेछ । काममा सहयोगीहरूको साथले सोचेजस्तै सफलता मिल्नेछ । प्रतियोगितामा सफलता मिल्ने योग रहेकाले सहभागी हुँदा सम्मान बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साता सोचेअनुसार नै अगाडि बढ्नेछ । प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठुलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ । कतै छोटो दूरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ भने अन्यायमा परिने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ । गुमेको धन आर्जन हुने योग छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आर्थिक समस्याले संकट उत्पन्न गर्न सक्छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनोस् । नचाहेको जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । व्यापारमा केही कठिनाइ आउनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :  मानसम्मानमा वृद्धि हुनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । घरजग्गा जोड्ने समय छ । प्रयास गर्दा सफलता पाउनुहोला । पढाइमा रुचि बढ्नेछ । बौद्धिकता बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । राज्यबाट सम्मान पाउने योग छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :  विशेष काम बन्ने समय छ । तपाईंका प्रशंसक थपिनेछन् । उद्योग–व्यवसायमा पनि सोचेअनुसार सफलता मिल्नेछ । व्यापार व्यवसायबाट प्रशस्त आर्थिक लाभ मिल्ने देखिए पनि सोचेअनुरूपका काम नबन्नाले चिन्तित रहनुपर्ने देखिन्छ । गलत विचार बढ्ने, खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग भएकाले संयमता अपनाउनु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :  विशेष व्यक्तित्वसँग भेटघाट हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । प्रशंसकहरू बढ्नेछन् । सानातिना घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । सवारीसाधनबाट विशेष सावधानी अपनाउनुका साथै वैदेशिक यात्राका लागि गरिएको प्रयास सफल हुनेछ । राज्यले तपाईंको इमानदारिताको राम्रो मूल्यांकन गर्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरूले गरेका कामको गुणदोष सबैको जिम्मा लिनुपर्नेछ । भाग्यले साथ दिनेछ । ठुला व्यक्तिबाट मानसम्मान पाउने सम्भावना छ । विश्वास गरेकाले नै धोका दिन सक्ने भएकाले संयम हुनुहोला । पारिवारिक जमघट हुने योग छ । सहयोगीले साथ दिनेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जानेछ । आम्दानी पनि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :  सानातिना घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ ।  सवारीसाधनवाट विशेष सावधानी अपनाउनुपर्ला । आकस्मिक खर्च बढ्नेछ । पढाइमा सफलता राम्रै मिल्नेछ । अरूको मन जित्न सकिनेछ । अरूबाट प्रशंसा पनि पाउनुहोला । ठुला व्यक्तिको विश्वासको पात्र भई अगाडि बढ्ने अवसर मिल्नेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त फाइदा उठाउने मौका छ । भेटघाटमा मन रमाउनेछ ।