मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १८ सोमबार २o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री र कास्कीका प्रजिअलाई पत्रकार महासंघको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार २o:o३:oo

आफ्नो कार्यक्षेत्रमा खटिएका पत्रकारको हत्या तथा सञ्चार गृहमा आक्रमण र आगजनीको विरोधमा गण्डकी प्रदेशका मुख्यमन्त्री र कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पत्रकार महासंघले ध्यानाकर्षण-पत्र बुझाएको छ।

महासंघ केन्द्रको आह्वानमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा महासंघ कास्कीका अध्यक्ष माधव बराल नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षण-पत्र बुझाएको हो। कार्यक्रममा नागरिक समाज र अधिकारकर्मीहरूको समेत सहभागिता थियो।

ध्यानाकर्षण-पत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन, क्षति पुर्‍याइएका सञ्चार गृह तथा सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते पत्रकारको उपचारको प्रबन्ध गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा समेत सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन माग गरिएको छ।

पत्रकारले पेस गरेको ध्यानाकर्षण-पत्रमा उल्लेखित माग एक साताभित्र सम्बोधन हुने विश्वसनीय आधार नभए महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ।