मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १९:४२:oo

निकै रोचक देखिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका  दीपकराज जोशी विजयी भएका छन्।

६ हजार १४६ मतदाता रहेको त्रिविमा तीन हजार ११८ मत खसेको थियो। जसमध्ये ७८९ मतसहित नेविसंघका जोशी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन्।

अखिल (क्रान्तिकारी)का प्रविन दाहालले ७२७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरे। अर्की स्वतन्त्र उम्मेदवार पदमा भुषालले १६६ मत ल्याइन्।