मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८२ असोज २ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाेटेकाेशी गाउँपालिकामा ताेडफाेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १४:५८:oo

हाइड्रोपावरले दिनुपर्ने सेयरकाे विषयमा विवाद चर्कँदा स्थानीयद्वारा भाेटेकाेशी गाउँपालिकामा ताेडफाेड गरिएको छ ।

जेन–जी आन्दोलनकाे क्रममा स्थानीयले सेयरकाे विषयलाई लिएर माथिल्लो भाेटेकाेशी पावर कम्पनी बन्द गरेका थिए । १० दिनदेखि बन्द पावरहाउस खुलाएर विद्युत् उत्पादन नियमित गर्न कम्पनीले पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र जनप्रतिनिधिसँग छलफल गरेकाे थियाे ।

आन्दोलनरत स्थानीयसँग कुनै छलफल नगरी जनप्रतिनिधिसँग कम्पनीले बैठक गरेको थाहा पाएपछि स्थानीय  पालिका भवनमा जम्मा भएर विराेध जनाएका थिए ।

विवाद चर्किँदै जाँदा आक्राेशित स्थानीयले पालिकामा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन् । बैठक छाेडेर जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि भागेका छन् । धकेलाधकेल हुँदा दुईजना सामान्य घाइतेसमेत भएका छन् ।

४६ मेगावाट क्षमताको माथिल्लो भाेटेकाेशीले विद्युत उत्पादन गरेकाे दुई दशक हुँदा पनि स्थानीयलाई सेयर दिएको छैन । सेयरकाे विषयलाई लिएर भाेटेकाेशीमा तनाव हुने गरेकाे छ ।