मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
तस्बिरः एनएसएल
नयाँ पत्रिका काठमाण्डौ
२o८१ चैत १८ सोमबार २o:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद

सुपर लिगमा चितवनको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाण्डौ
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार २o:५९:oo

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको तेस्रो खेलमा पोखरा थन्डरसई २–० ले हराउँदै विजयी सुरुवात गरेको छ। 

सोमबार त्रिपुरेश्वस्थित दशरथ रंगशाला श्रम स्वीकृति विवादपछि खेल १८ मिनेट ढिलागरी सुरु भएको थियो। चितवनले विदेशी पाँच खेलाडीविना स्वीकृत खेलाएको भन्दै पोखराले उजुरी गरेपछि खेल ढिला सुरु भयो। खेलमा दुवै टोली समान पाँच विदेशी खेलाडी प्लेइङ सेटमा खेलाएको थिए।   

चितवनका लागि नोदिर माब्लोनोभ र निरज चौधरीले गोल गरे। जितपछि चितवनले तीन अंक जोडेको छ। पोखराले भने हारबाट प्रतियोगिता सुरु गर्‍यो। यसअघि दुवै खेल बराबरीमा सकिएका थिए। 

विदेशी खेलाडी माब्लोनोभले खेलको १५औँ मिनेटमा गोल गरे। उनले भिक्टर मानसारेले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका हुन्। 

निरजले खेलको इन्जुरी समयमा गोल गरेका हुन्। उनी मैदान प्रवेश गरेको केही समयमै गोल गर्न सफल भएका थिए। 

मंगलबार हुने खेलमा बुटवल लुम्बिनी र धनगढी एफसी भेट्नेछन्।