मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १८ सोमबार २o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मकवानपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ३ बालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार २o:४o:oo

मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको ज्यान गएको छ। इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर अचेत अवस्थामा उद्धार गरिएकामा उपचारमा लैजाने क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फूलबारी दाप्चाबाट मामाघर (सुन्दर आचार्य) आएका १५ वर्षका प्रमेश घोरासैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन्। प्रमेश र प्रभात दाजुभाइ रहेको प्रहरीले जनाएको छ।

उपचारका लागि ललितपुर अस्पताल पुर्‍याएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।