मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
२o८१ चैत १५ शुक्रबार o८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्युतकाे पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार o८:५३:oo

घोराहीमा विद्युत्को पोलमा बाँधेर एक महिलामाथि निर्घात कुटपिट भएको छ । घोराही– १० जलौराकी शिला चौधरीमाथि चाघुमा ९ चैतमा कुटपिट भएको हो ।

चाघुका गोपाल चौधरी र उनका आफन्तले सुरुमा घरभित्र र पछि विद्युत्को पोलमा बाँधेर कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ, शिला अचेत देखिन्छिन् ।

त्यसको भोलिपल्ट स्थानीयसहित नारायणपुरस्थित प्रहरी कार्यालयमा पुगेर ६१ हजार रुपैयाँमा मिलापत्र गरेपछि घटना सामसुम भएको थियो । तर, माइती पक्षले घटना सार्वजनिक गरेको हो । 

बिहीबार जाहेरी परेपछि तीन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले बताए । ‘घटना ९ चैतको रहेछ, मिलापत्र भएको रहेछ, हामीकहाँ त यो केस आएन,’ उनले भने, ‘माइतीतिरकाले थाहा पाएपछि घटना बाहिर आएछ, केस पनि हामीकहाँ दर्ता भएको छ ।’

मिलापत्र गर्दा दिइएको ६१ हजार रुपैयाँ फिर्ता गरेर अहिले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । पीडित महिला अहिले माइतीमा छिन् । शिला चाघुस्थित एउटा तरकारी फर्ममा काम गर्थिन् ।

त्यही क्रममा उनको स्थानीय गोपाल चौधरीसँग चिनजान थियो । ९ चैत राति ९ बजेतिर उनी गोपालको घरमा जाँदा उनलाई  गोपाल, उनकी श्रीमती र आफन्तले कुटपिट गरेका थिए ।