मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
सौरभ यादव राजविराज
२o८१ चैत १८ सोमबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले गरे पेनडाउन, एक सय विद्यार्थीको भविष्य अन्योलमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १५:४५:oo

सात  महिनादेखि तलबभत्ता नपाएको भन्दै मधेश कृषि विश्वविद्यालयका उपप्राध्यापक र कर्मचारीहरूले पेन डाउन  गरेका छन्। पेन डाउन भएसँगै चारवर्षे कृषि स्नातकमा अध्ययनरत एक सयजना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले क्षतिपूर्तिसहित नियमावलीअनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राखेका छन् । गत भदौदेखि हालसम्मको तलबभत्ता नपाएको गुनासो उनीहरूको छ ।

गत फागुन १ गते प्राध्यापक र कर्मचारीहरूले तलब नपाएको भन्दै विश्वविद्यालयको प्रशासनिक भवनमा ताला लगाएका थिए । त्यसपछि जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वपक्षीय भेलामा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहले कर्मचारीलाई तलब दिने आवश्यक प्रक्रिया अपनाउने निर्णय भएपछि त्यही दिन ताला खोलिएको थियो । 

विश्वविद्यालयको सिनेट बैठकको  बहुमतले गत फागुन २०  उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेपछि विश्वविद्यालयमा विवाद फेरि चर्किएको थियो ।  सर्वोच्च अदालतले तत्काल पदमुक्त नगर्न अल्पकालीन आदेश जारी गरेपछि उपकुलपति डा. महतो र रजिस्ट्रार ठाकुर हाजिर भए पनि कर्मचारीहरूले अझै पनि तलब पाउन सकेका छैनन् ।

मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरले खर्च गर्ने अख्तियारी प्राप्त हुन नसकेका कारण कर्मचारीलाई तलब दिन सकिएको उनले बताए । उनले अतितमा विश्वविद्यालय सभाबाट नीति र कार्यक्रम पास नहुँदा तलब दिन न सकिएको उनले बताए ।

तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले २१ मंसिर ०८१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेकाे थियो। त्यसको केही दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए।