मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १६:o७:oo

विपतमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितता गर्दै कैलालीको गोदावरी नगरपालिकाले ऐन बनाएको छ । नगरले सुरक्षित मातृत्व तथा स्थानीय प्रजनन स्वास्थ्य अधिकार ऐन बनाएको हो । 

ऐन पारित भइसकेको छ भने सम्बन्धित अन्य ऐन निर्माणको प्रक्रियामा रहेको उपमेयर शारदादेवी रोकायाले जानकारी दिइन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले विपतमा यौन तथा प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्ने गरी उक्त ऐन ल्याइएको उनको भनाइ छ ।

‘अहिले पनि महिलाहरू यस विषयमा खुलेर बोल्न सक्दैनन् । यस ऐनले महिला स्वास्थ्यलाई प्रवर्द्धन गरेको छ,’ उपमेयर रोकायाले भनिन् । स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले ऐन र नगरपालिकाको प्रयासबारे बोल्दै भने, ‘ऐन बनाउने क्रममा अध्ययन गर्दा हामीले के थाहा पायौँ भने हामीले दिने सेवाबारे धेरैजना अनविज्ञ हुनुहुँदोरहेछ । अझ विशेषगरी पिछडिएका समुदायकालाई समेट्न सकेका रहेनछौँ ।’

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति तथा दैलेखका सांसद अम्मरबहादुर थापाले सरकारले स्वास्थ्यलगायतका क्षेत्रमा कार्यक्रम घोषणा गर्ने, तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको बताए । साथै किशोरी तथा महिलाहरू अझै पनि लज्जाका कारण यौन स्वास्थ्यका विषयमा खुल्न नसकेको उनको भनाइ थियो । 

‘यहाँ लाज मान्ने, मर्न परे पनि गोपनीयता नखोल्ने गरेको देखिन्छ । रोग लागे उपचारै नगराउने गर्छन्,’ थापाले भने । यसका लागि महिला तथा किशोरीहरूलाई सचेत बनाउनुपर्ने उनको भनाइ थियो । साथै सरकारले पनि अधिकार प्रत्याभूति गर्ने र घोषणा गर्नेभन्दा कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘सबै पालिकामा अस्पताल छ भने, तर छैन । कति थरी औषधि निःशुल्क पाइने भने, तर भेटिन्न,’ थापाले भने ।