मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ चैत १८ सोमबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा चोरीका गरगहना किन्ने दुईसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १६:१८:oo

सुनका बहुमूल्य गरगहना चोरेर बिक्री गर्ने चारजनाको गिरोह र खरिद गर्ने दुई व्यवसायीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका– ७ हल्दुखालका केशवसिंह महराको घरबाट सुन चोरेर बिक्री गर्ने र खरिद गर्ने महेन्द्रनगरको निङलानैशी सुनचाँदी पसलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार महराको घरबाट सुनका नाै प्रकारका गरगहना चोरी भएको थियो। चोरी गर्ने भीमदत्त– ६ ऐठपुरका राहुल चन्द, अमित खत्री, चक्र सुनार र महेन्द्र नायकसहित खरिद गर्ने भीमदत्त– ४ महेन्द्रनगर निङलाशैनी सुनचाँदी पसलका सञ्चालक नवीन पौडेल र उनकी श्रीमती इशा पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट सुनको छड्के तिलहरी, मंगलसूत्र, औंठी, काँटाथान, नागिन माला, चन्द्रमा, ग्लोबन्द, झम्का र चाँदनीको औँठी बरामद भएको छ। 

पक्राउ परेका ६ जनाको जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध चोरी मुद्दा लगाउने प्रहरीले तयारी गरेको छ।

यसैबिच मोटरसाइकल चोर्ने तीन युवकसमेत पक्राउ परेका छन्। २६ फागुन ०८१ मा बेदकोट नगरपालिका– ५ का महेश डगौराको म १ प १९०५ नम्बरको मोटरसाइकल चोर्ने बेदकोट– ७ का योगेन्द्र बोहरा, विनोद खड्का र इस्कर बोहरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।