मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
तस्बिर : गणनास्थलमा मतपेटिका सारिँदै
सौरभ यादव राजविराज
२o८१ चैत ५ मंगलबार १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन : सप्तरीमा एक फर्जी मतदाता पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १९:३२:oo

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसबाट एक फर्जी मतदाता पक्राउ गरेका छन्।

अर्काको नाममा मतदान गर्न आएका शिवकान्त मण्डललाई नियन्त्रणमा लिइएको सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

दुई हजार ७३१ मतदाता रहेको यो क्याम्पसमा एक हजार २७२ मत खसेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको यो क्याम्पसमा स्ववियु सभापतिका लागि पाँचजना प्रतिस्पर्धामा छन्।