मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ५ मंगलबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्रीबिच दिल्लीमा भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १९:४१:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँदिल्लीमा रहेकी मन्त्री  राणा र भारतीय विदेशमन्त्री डा. जयशंकरबिच भेटवार्ता भएको हो।

भेटमा नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबिचका साझा चासोहरू र आपसी हितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताइन्।

‘नेपाल र भारतबिचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदान–प्रदान तथा आपसी सहकार्यका साथै दुई देशबिचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि भेटका क्रममा कुराकानी भएको थियो,’ पाठकले भने।