मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ५ मंगलबार १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घर तथा भवन नियमित र अभिलेखीकरण गर्दै ललितपुर महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १९:१५:oo

ललितपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका तथा नक्सापास नभएका घर तथा भवनलाई नियमित र अभिलेखीकरण अभियान थालेको छ। महानगरपालिकामा नियमित र अभिलेखीकरण गर्नुपर्ने थुप्रै घर तथा भवन रहेको पाइएपछि महानगरले एकपटकका लागि यस्तो अभियान चलाएको हो।

महानगरपालिकाभित्र घर मापदण्डभित्र रहे पनि नक्सापास गर्न बाँकी र मापदण्डविपरीत भएमा तीन महिनाभित्रमा नियमित तथा अभिलेखीकरण गर्न सकिनेछ। महानगरले पहिलोपटक यस्तो मौका जारी गरेको हो। ७० प्रतिशत घर तथा भवन मापदण्डमा नभएपछि महानगरले त्यसलाई नियमित तथा अभिलेखीकरण गर्न कानुन नै निर्माण गरेर अभियान चलाएको हो। ७ फागुनदेखि सुरु भएको अभियान आगामी ७ जेठसम्म रहनेछ।

नगरवासीले आफ्नो घर मापदण्डभित्र छैन भने अभिलेखीकरण वा नियमित गर्न सक्नेछन्। त्यस्तै, महानगरपालिकाभित्र थुप्रै सरकारी भवन पनि मापदण्डविपरीत रहेको महानगरपालिका सहरी योजना विकास महाशाखाका प्रमुख श्रीगोपाल महर्जनले जानकारी दिए। उनका अनुसार महानगरवासीले ९० दिनभित्र नियमित तथा अभिलेखीकरणका लागि निवेदन दिन सक्नेछन्। सोही आधारमा महानगरले नियमित र अभिलेखीकरण गर्नेछ।

‘महानगरपालिकामा रहेका थुप्रै घर तथा भवनहरू नियमित र अभिलेखीकरण नभएकाले हामीले यो अभियान थालेका हौँ,’ उनले भने, ‘यो अभियान एकपटकका लागि हो।’ महानगरले नियमित तथा अभिलेखीकरणको पनि मापदण्ड राखेको छ। हदैसम्म नियम मिचेका तथा अभिलेखीकरण गर्न नमिल्ने किसिमका घर र भवनलाई भने यो अभियानले समेट्ने छैन।