मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ९ शुक्रबार o६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार o६:४९:oo

नवलपुरको देवचुली– ११ दलदलेमा गएराति सावा २ बजेतिर बुटवलबाट काठमाडौं हिँडेको बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् ।घाइते ११ जनामध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र पाँचजनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ ।

भरतपुर उपचारका लागि पठाइएका ६ जनाको अवस्था मध्यम रहेको र बाँकी पाँचजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले जनाएका छन् । 

दुर्घटनामा परी  रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका– ५ बस्ने वर्ष ४० का सुजन कार्की, काठमाडाैंको पुतलीसडक बस्ने वर्ष ३५ का रोमराज लामिछाने, वर्ष ३२ की विजया लामिछाने, वर्ष ३५ का निदान लामिछाने, वर्ष २८ की प्रज्ञा लामिछाने, रामेछापनिवासी वर्ष ३३ की स्वस्तिका दाहाल, पाल्पा जिल्लानिवासी वर्ष ३४ का भोजबहादुर जर्धा, अर्घाखाँची निवासी वर्ष ३२ का विशाल भुसाल, वर्ष २९ का आशिष विक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका– ४ बस्ने वर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्लानिवासी वर्ष ५० की कौशिला थापा घाइते भएका छन् । बसचालक प्रहरी नियन्त्रणमा रहेका छन् ।