
आइसीसी च्याम्पियन ट्रफी २०२५ को पहिलो खेलमा आयोजक मुलुक पाकिस्तान पराजित भएको छ। न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले पराजित गरेको हो।
खेलमा टस हारेर पहिले ब्याटीङ गरेको न्युजिल्याण्डले ३२१ रनको लक्ष्य दिएकोमा पाकिस्तान २६० रनमा अलआउट भयो । पाकिस्तानका लागि बाबर अजाम र खुशदिल शाहले अर्धशतक बनाउनु बाहेक अरुको प्रदर्शन कमजोर रह्यो। बाबरले ९० बलमा ६४ रन तथा खुशदिलले ४९ बलमा ६९ रन बनाएका थिए।
१०४ बलमा ११८ रन जोडेका न्युजिल्याण्डका ब्याट्सम्यान टोम लाथम खेलको म्यान अफ दी म्याद बने।
खेल कराँची रंगशालामा भएको थियो।