मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका इस्लामावाद
२o८१ फाल्गुण ९ शुक्रबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा आठजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १४:३३:oo

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा मिनिभ्यान एक नहरमा खस्दा आठजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

दुर्घटना कसुर जिल्लामा भएको थियो, जब एक संगीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कँदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ ।

उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याएका थिए । आठजनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् भने दुईजना घाइते भएका छन् ।

उद्धार अधिकारीहरूले प्रारम्भिक रिपोर्टमा ‘ड्राइभर ड्राइभिङ गर्दा निदाएका हुन सक्छन्, जसले दुर्घटना निम्त्याएक’ हुन सक्ने जनाएका छन् ।

पाकिस्तानमा सडक दुर्घटना चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षमा सडक दुर्घटना उल्लेखनीय रूपमा बढ्दै गएको छ । लापरबाही, सडकको खराब अवस्था र सवारीसाधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् । रासस