मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Tuesday, 11 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २९ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार

रुबीभ्यालीका प्रमुख प्रशासकीय अधिकृतसमेत आठजनालाई भ्रष्टाचार मुद्दामा सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार १५:२३:oo

धादिङको रुबीभ्याली गाउँपालिकामा सडक निर्माणमा भएको अनियमितता मुद्दामा सबै आरोपीले सफाइ पाएका छन् । विशेष अदालतले सोमबार यस मुद्दामा फैसला गर्दै आठैजना प्रतिवादीलाई सफाइ दिएको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ७ पुसमा मात्र गैरकानुनी लाभ लिई भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो । 

रुबीभ्यालीको वडा नं. ४ बोराङको पागोदेखि स्कुलसम्म शाखा सडक निर्माणमा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो । यस मुद्दामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिस्टेन्ट सबइन्जिनियर लालमान तामाङउपर मुद्दा दायर भएकाे थियो । 

चैत ०७६ देखि ०७७ को असारसम्म कार्य सम्पन्न गर्ने गरी योजनाको सम्झौता भएकोमा लागत अनुमानबमोजिम कार्य नभएको तथा भएको कामभन्दा बढी देखाइएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको थियो । यस क्रममा १० लाख ८९ हजार रुपैयाँभन्दा बढी हिनामिना भएको अख्तियारको अनुसन्धानले औँल्याएको थियो । 

यस मुद्दामा गाउँपालिकाका तत्कालीन ४ नं. वडाध्यक्ष प्रशान्त तामाङ, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चमाया तामाङमाथि पनि मिलेमतोको अभियोग थियो । यद्यपि, सबै प्रतिवादीले सफाइ पाएका छन्।