![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/milan-bhattrai2025-02-11-06-46-16.gif)
मिस्टर टुरिजम नेपाल २०२४ का विजेता मिलन भट्टराई ८औँ मिस्टर टुरिजम वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न भियतनाम प्रस्थान गरेका छन्। बुधबार (१२ फेब्रुअरी) देखि आयोजना हुन लागेको प्रतियोगितामा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रतियोगितामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य उनले लिएका छन्। विश्वभरका पर्यटन प्रवर्द्धकहरूलाई नेपाल ल्याउन आफूले भूमिका खेल्ने उनले बताएका छन्। प्रतियोगितामा सहभागी भएर नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यलाई पर्यटन प्रवर्द्धनको आयामबाट अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने उनले उद्देश्य छ।
फिटनेस र मोडलिङमा सफलता हासिल गरेका भट्टराईले यस क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका छन्। उनी गोरखाको भीमसेन थापा गाउँपालिकाका २ का हुन्। उनी अघिल्लो वर्ष सन् २०२४ को मिस्टर टुरिजम नेपाल २०२४ का विजेता हुन्।