मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २९ मंगलबार २२:१६:oo
Read Time : < 1 मिनेट
समाचार

राजदूत सुवेदी डब्लुटिओको सेवा व्यापार परिषद्को अध्यक्ष निर्वाचित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार २२:१६:oo

विश्व व्यापार संगठन (डब्लुटिओ)को सेवा व्यापार परिषद् (सिटिएस)को अध्यक्षमा जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत रामप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन्। संगठनको २५ माघमा भएको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई एक वर्षका लागि अध्यक्ष निर्वाचित गरेको हो।

विश्व व्यापार संगठनको सेवा व्यापारसँग सम्बन्धित सम्झौताहरू कार्यान्वयनका लागि गठित यो निकायमा रहेर सुवेदीले संगठनका सदस्य मुलुकहरूसँग समन्वय गर्ने जिम्मेबारी पाएका छन् । विश्वव्यापी रूपमा नै बैंकिङलगायत वित्तीय सेवा, पर्यटन, सूचना प्रविधिमा आधारित सेवाहरूलगायत सेवा व्यापारका हिस्सा निरन्तर वृद्धि भइरहेको सन्दर्भमा यस परिषद्को भूमिका बढेको छ,’ उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढ्दै गइरहेको सन्दर्भमा सरकारले यो क्षेत्रको विकासमा विशेष प्राथमिकता दिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। राजदूत सुवेदीले उक्त परिषद्को नेतृत्व लिएको बेला नेपालको सेवा क्षेत्र विस्तारका लागि थप योगदान पुग्ने पनि मन्त्रालयले जनाएको छ।