मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २९ मंगलबार २३:५५:oo
Read Time : < 1 मिनेट
सप्तरंग

११ दिनमै टुंगियो गायिका एलिना चौहानको सम्बन्धबिच्छेदको मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार २३:५५:oo

गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध १० महिनामै टुटेको छ । जिल्ला अदालतले मंगलबार सम्बन्ध बिच्छेदको फैसला गरेको छ । 
एलिनाले गत १८ माघमा पति विष्णु सापकोटाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा (फिरादपत्र) दर्ता गराएकी थिइन् । जसमा मंगलबार फैसला भएको हो । फैसलापछि एलिनाले भावुक स्टाटस लेख्दै पूर्वपति विष्णु सापकोटालाई शुभकामना दिएकी छिन् ।

उनले भनेकी छिन्– 
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। 
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। 
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। 

गत ५ वैशाखमा उनको बाग्लुङ घर भई अस्ट्रेलिया बस्ने सापकोटासँग विवाह भएको थियो। केही महिनामै आफूहरूबिच सम्बन्ध राम्रो नभएको उनले फिरादपत्रमा उल्लेख गरेकी थिइन् । आफ्नो चरित्रमाथि शंका गर्ने गरेको र त्यसले मानसिक कष्ट भई वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने भएकाले फिरादपत्र दायर गरिएको उनको भनाई थियो। 

अंश तथा माना–चामल नलिने गरी उनले फिरादपत्र दायर गरेकाले छिट्टै मुद्दा टुंगिएको हो ।