मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Tuesday, 11 February, 2025
२o८१ माघ २९ मंगलबार १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार

अख्तियारको बुटवल कार्यालयमा ६ महिनामा एक हजार ८१ उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार १८:५५:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा ६ महिनामा एक हजार ८१ उजुरी परेका छन्। कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलका अनुसार यी उजुरीमध्ये ६४० फर्स्याेट भएका छन्।

अख्तियारको बुटवल कार्यालयले लुम्बिनी प्रदेशका आठ जिल्ला हेर्ने गर्छ। रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी र प्युठान गरी आठ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयबाट विस्तृत अनुसन्धानमा रहेका ११६ उजुरीमध्ये ५२ वटा फर्स्याेट भएका छन्।

कार्यालयमा भूमि तथा वन, कृषि तथा पशु क्षेत्रको अनुदान कार्यक्रमसम्बन्धी प्राकृतिक स्रोत-साधनको उपयोगसँग सम्बन्धित तथा आयोजना निर्माण तथा खरिदसँग सम्बन्धित उजुरी पर्ने गरेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा बुटवल कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सुशासनको प्रत्याभूति हुने गरी काम हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार बहुआयामिक विषय भएकाले न्यूनीकरणका लागि सबैको साझा प्रयास हुनुपर्ने धारणा पनि उनले राखे। जनतामा निराशा हुन नदिने गरी काम गर्नुपर्ने पनि उनले बताए।