![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/upendra-yadav2024-04-07-03-14-52.jpeg)
भूमिसम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन नगर्ने भएको छ। मंगलबार बसेको जसपा नेपालको संसदीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
नेता प्रकाश अधिकारीका अनुसार अन्य अध्यादेशलाई समर्थन गर्ने, तर भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ ।
अध्यादेश राष्ट्रिय सभाबाट पास गर्न जसपा निर्णायक हुने अवस्था छ । जसकारण सरकारले उसलाई अध्यादेशको पक्षमा ल्याउने प्रयास गरिरहेको छ ।
सो अध्यादेशले सार्वजनिक जग्गाको दुरुपयोग हुनसक्ने र पर्यावरणमा समेत ठूलो असर पर्न सक्ने भएकाले अध्यादेश अस्वीकार गर्ने निर्णय भएको पार्टी अध्यक्ष उपेन्द्र यादबद्वरा जारी बिज्ञप्तीमा उल्लेख छ।