मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २५ शुक्रबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार

गुन्डागर्दीको आरोपमा सातजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १५:१२:oo

सामाजिक सञ्जालको दुरुपयोग गरी डर/त्रास फैलाउने तथा गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा सातजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– २६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका– १ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका– ७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका– ११ घर भएका ३९ वर्षीय गुणबहादुर गुरुङ छन्। 

त्यस्तै, गोरखा आरुघाट गाउँपालिका– ७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरुघाट गाउँपालिका– ६ घर भएका २९ वर्षीय पदमबहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका– ७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका– ७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका– ३ घर भएका ३९ वर्षीय गोपाल मोक्तानलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

विभिन्न मितिमा तरवार, खुकुरीजस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटकलगायतका सामाजिक सञ्जालमा केक काट्ने वहानामा भिडियोहरू पोस्ट गरी सर्वसाधारणमा डर/त्रास सिर्जना गरी आतंकित बनाउने प्रहरीले जनाएको छ ।