मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
रासस काठमाडौं
२o८१ माघ २५ शुक्रबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १६:५९:oo

सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन्। 

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९.४६ प्रतिशत किशोरीले खोप लगाएका छन्। जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन्। ‘खोप अभियान उत्साजनक रूपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ,’ उनले भने।

गौतमका अनुसार कोशीमा ३८.७, मधेशमा १९.९, बागमतीमा ४१.६, गण्डकीमा ४५.२, लुम्बिनीमा ४९.७, कर्णालीमा ३७.७ र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन्।

जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९.३ प्रतिशत किशोरीले खोप लगाएका छन्। यस्तै, बैतडीका ८२.७ र गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन्।