मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
२o८१ माघ २५ शुक्रबार १९:o३:oo
Read Time : < 1 मिनेट
सम्पादकीय डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १९:o३:oo

बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका- ७ बस्ने अन्दाजी ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा उनी बाख्रा चराउन गएका वेला बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेर होहल्ला गरेपछि चितुवा भागेको थियो। स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेका थिए ।

घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।