मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २५ शुक्रबार १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दलित अधिकारकर्मीहरू कांग्रेस कार्यालय घेराउमा जाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १२:४७:oo

अन्तरजातीय विवाह गर्ने जोडीलाई गृह मन्त्रालयकै निर्देशनमा ज्यादती गरेको विरोधमा दलित अधिकारकर्मीले नेपाली कांग्रेसको पार्टी कार्यालय घेराउ गर्ने भएका छन् । गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गरी उनीहरूले शुक्रबार पार्टी कार्यालय पुगेर दबाब दिन लागेका हुन्। 

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारका अनुसार माइतीघरबाट नेलसहित अधिकारकर्मीहरू सानेपास्थित पार्टी कार्यालय जाने कार्यक्रम छ । ‘गृहमन्त्रीले ६० लाख दलितको अपमान गरेका छन्,’ उनले भने, ‘गृहमन्त्रीलाई कारबाही नभएसम्म आन्दोलन गर्छाैँ । यो विषयमा नेपाली कांग्रेसको धारणा के हो, कांग्रेसका युवा नेताहरु विश्वप्रकाश शर्मा र गगन थापाको धारणा के हो जवाफ माग्नेछौं ।  ।’ 

अधिकारकर्मीहरूले बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा गृहमन्त्री लेखकविरुद्ध जाहेरीसमेत दिएका थिए। तर, प्रहरीले दर्ता गर्न नमानेको उनीहरूको भनाइ छ । 

गृहमन्त्री लेखकले भने बिहीबार संसदमा सैद्धान्तिक जवाफ दिँदै पन्छिने प्रयास गरेका छन् । घटनाको विषयमा आफूलाई पहिला कुनै जानकारी नभएको उनको भनाइ छ । 

पीडितहरू सत्येन्द्रकुमार राम र नेहा चौधरीले भने गृहमन्त्रीकै निर्देशनमा आफूहरूलाई मुम्बईसम्म पुगेर पक्राउ गरिएको र पटकपटक ज्यादती गरिएको बताएका छन् । यती गम्भीर घटनामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिनसमेत टार्ने प्रयास गरेका छन् । गृहमन्त्री र आइजिपीकै निर्देशनमा त्यसरी ज्यादती भएकाले छानबिन हुन नसकेको प्रहरी स्रोत बताउँछ । 

राष्ट्रिय मानव अधिकार आयोगले उच्च प्रहरी अधिकारीलाई बयानमा बोलाउने तयारी गरेको छ ।