मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २५ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तिम खेलमा पनि नेपाल पराजित, थाइल्यान्ड च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १५:२४:oo

अन्तिम खेलमा नेपाललाई सात विकेटले हराउँदै  त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको उपाधि थाइल्यान्डले जितेको छ। शुक्रबार अर्को प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई दुई अंकले पछि पार्दै थाइल्यान्ड च्याम्पियन बनेको हो। थाइल्यान्डले ६ खेलमा १० अंक जोड्यो। नेपाल भने जितविहीन रह्यो।

यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो। यता थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो। यस्तै, थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे। थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाईले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन्। नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पूजा महतोले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै २१ रनको योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर सम्झना खड्काले २९ बलमा एक चौकासहित सर्वाधिक १७ रन जोडिन्। त्यस्तै मध्यक्रमका ब्याटर कविता जोशीले १४ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।